Tuesday, April 19, 2016

दृष्टिबिहिनको सौन्दर्य मोह

मेकअप पछि हर्षित मुद्रामा दृष्टिबिहिन

श्रुति, आत्मा, जगन्नाथ  

काठमाडौं/ दृष्टिविहिनलाई रंग मनपर्ला कि नपर्ला ? सुन्दर भएर ठाँटिएर हिड्न नि ? रंग र सुन्दरता दृष्टि भएकाहरुले मात्र देख्न सक्छन् भन्नेहरुका लागि यस्ता प्रश्न असान्दर्भिक लाग्न सक्छ । 



तपाई त्यस्तो सोच्दै हुनुहुन्छ भने गलत हुनुहुनेछ । शर्मिला भट्टराई, जन्मजात दृष्टिविहिन हुन् । रातोपुल बस्दै आएकी उनलाई गुलाबीरंग मनपर्छ । रंग नै नदेखेकी उनले गुलाबी रंग मनपर्नुको कारणबारे भनिन्, मैले देखेको त छैन तर नाम सुन्दा मलाई गुलाबी मनपर्छ । उनलाई जस्तै महिलाहरुको नै प्रिय रंग मानिन्छ गुलाबी । उनलाई अरु के के मनपर्ला ? मलाई बाहिर हिँड्दा राम्री बनेर हिँड्न मनपर्छ, उनले सुनाइन् । सुन्दर हुने रहर कसलाई पो हुन्न र π सामान्य महिलाहरुले समेत ऐनाको सहाराविना मेकअप गर्न सक्दैनन् । तर, केही दृष्टिविहिन महिलाहरुले आफैले आफ्नो श्रृंगारपटार राम्रोसँग गर्न सक्ने भएका छन् । भन्छन्, “तालिमले थप सुन्दर हुन सहयोग गरेको छ, आत्मविश्वास बढाएको छ ।”  

तालिमले बढायो आत्मविश्वास  


अनिता- “हामी कोठामा बस्दा पो अन्धो हो, बाहिर निस्किएपछि त होइन ।”  

 मधु -“राम्री हुन र देखिन आँखा हुनु र नहुनुले के फरक पर्छ र ? सबैलाई राम्रो हुन मनपर्छ नि !” 

शर्मिला भट्टराई, अनिता भट्टराई, प्रतिमा तामाङ्ग मधु विक, सचिता पाण्डे र नारायणी दवाडी जन्मजात दृष्टिविहिन हुन् । उनीहरुलाई पनि अरु महिलाहरुलाई जस्तै सुन्दर हुने रहर छ । उनीहरुको सुन्दर भएर हिड्ने रहर पुरा गराउन सहयोगी बनेको छ, ब्लाइन्ड रक र ब्राइट स्टार । जसले दृष्टिविहिन २८ महिलाका लागि ३ दिने सौन्दर्य कार्यशाला आयोजना ग¥यो । सामान्य श्रृंगारपटार गर्दै आएका उनीहरु कार्यशाला पछि व्युटिपार्लरले गर्नेजस्तो मेकअप गर्न सक्ने भएका छन् ।
 

उनीहरुले सौन्दर्यसम्बन्धि कार्यशालामा सहभागि भएर सुन्दर बन्ने नयाँ नयाँ तरिकाहरु सिके । सौन्दर्य तालिमबारे थाहा पाएपछि उत्साही बनेको बताउने उनीहरुले कार्यशालाबारे भने, “कार्यशालामा सिकेको ज्ञानले सुन्दरतामा निखार आएको छ । ” कार्यशालामा उनीहरुले के के सिके त ? “आई स्याडो लगाउन जान्यौं, कपाल कोर्ने विभिन्न तरिका जान्यौं”, अनिता भन्छिन्,“लुगा सुहाउने गरि लगाउने तरिका पनि सिक्यौं ।”
प्रशिक्षकले भनेको र उज्यालो र अँध्याराका आधारमा रंग छुट्याउने शमिला र अनिता दिदिबहिनी हुन् । आफु गोरी भएकीले जुनसुकै रंग सुहाउने बताउँदै अनिताले थपिन्, “हामी कोठामा बस्दा पो अन्धो हो, बाहिर निस्किएपछि त होइन ।” मधुलेबीचमै थपिन् स्मार्ट र राम्री भएर निस्किएपछि त कसैले विचरा भन्दैनन् । उनी भन्छिन्,“राम्री हुन र देखिन आँखा हुनु र नहुनुले के फरक पर्छ र ? सबैलाई राम्रो हुन मनपर्छ नि !” उनीहरुको सबैभन्दा ठुलो सुन्दरता हो, आत्मविश्वास । नदेख्दा पनि देख्नेहरुजत्तिकै श्रृंगारपेटार गर्न सकने उनीहरुको कलाले जो कोही चकित हुने गर्छन् । 

उनीइहरुले श्र्रंगारपटारका कला मात्र सिकेनन्, चिटिक्क परेर धेरै फोटोहरु पनि मोबाइलमा खिचे । संवाददाता पुग्दा प्रतिभा साथी मधुलाई साडी लगाइदिँदै थिइन् । उनले कापीको पानालाई पल्टाउँदै सारीमा मुजा पार्न सिकाइरहेकी थिइन् ।  

यस्तो छ नेपालमा दृष्टिविहिनको अवस्था 



नेपालमा करिब २लाख २० हजार दृष्टिविहिन छन् । नेपाल नेत्रहिन संघका अनुसार (http://www.nabnepal.org/status-of-blind) वर्षेनी ७० देखि ८० दृष्टिविहिनले एसएलसी परिक्षा पास गर्ने गरेका छन् । संघका अनुसार नेत्रहिनहरु शिक्षक, संगीतकार र टेलिफोन अपरेटर पेशामा छन् ।
Share:

0 Comments:

Post a Comment