Thursday, May 19, 2016

समाचारहरुवाट वचाउ ! [कविता]



अखवारका पाना पाना वाट
रेडियोका ध्वनी तरङ्गवाट
टेलिभिजनका दृश्यहरुवाट
एक हुल समाचारहरुले
मलाई पछ्याइरहेछन्, वचाउ ! .........

कतै भोकका क्रन्दन
कतै शोकका क्रन्दन
जताततै हत्या हिंसा र वतात्कारका शिर्षकहरुवाट
झैझगडा र लडाईका विषयहरुवाट
राता राता धव्वारुपी अक्षरहरुले
अनि
अनि, रगतमा पौडिरहेका दृश्यहरुले
भनन्न रिङ्गाटा चलाउँछ
फनन्न संसार हल्लाउँछ
अनायासै
एक हुल समाचारहरुले मलाई पछ्याइरहेछन्, बचाउ !

कुनै कार्यकर्ताका आक्रोसपूर्ण अभिव्यक्ती
कुनै नेताका पट्यारलाग्दा भाषण
अनि
अनि, कुनै मन्त्रीका आस देखाउने बोली
सबै सबै कुराहरु
समाचार बनेर
मेरा गिद्दि खाईरहेछन्
त्यसैले
म यी अक्षरहरु, दृश्यहरु अनि आवाजहरुवाट
कसैले नभेट्ने गरी भाग्न खोज्छु
तर पत्रकार बन्धुहरु
कलमको हतियार देखाएर
समाचारलाई
म तर्फ नै लखेटिहेछन् ।
विवस ती समाचारहरु
मेरो कानै खाने गरि
चिच्याउँदै  चिच्याउँदै
मेरो नजिक नजिक अझै नजिक आईरहेछन् ।
वचाउ ! वचाउ !
मलाई यी समाचारहरुवाट वचाउ !

-पुष्पा पलाँस



Share:

Tuesday, April 19, 2016

दृष्टिबिहिनको सौन्दर्य मोह

मेकअप पछि हर्षित मुद्रामा दृष्टिबिहिन

श्रुति, आत्मा, जगन्नाथ  

काठमाडौं/ दृष्टिविहिनलाई रंग मनपर्ला कि नपर्ला ? सुन्दर भएर ठाँटिएर हिड्न नि ? रंग र सुन्दरता दृष्टि भएकाहरुले मात्र देख्न सक्छन् भन्नेहरुका लागि यस्ता प्रश्न असान्दर्भिक लाग्न सक्छ । 

Share:

Wednesday, February 17, 2016

बुढीगण्डकी जलविद्युत आयोजना अब यस्तो बन्नेछ


राजधानी नजिकैको चर्चित प्रस्तावित बुढीगण्डकी आयोजना निर्माण हुने कि नहुने ? जग्गा अधिकरण कहिले हुने ? उचित मुआब्जा कहिले पाइने ? डुबान क्षेत्रमा पर्ने गोरखा र धादिङ स्थायी बासिन्दालाई ससम्मान कता पुर्नःस्थापना गर्ने ? स्वास्थ्य, शिक्षा, ऐतिहासिक र पुरातात्विक महत्वका स्थललाई के गर्ने ? आदि विषयहरु अन्यौलमै रहेको बेला आयोजनाले बाँध स्थलको स्केच सार्वजनिक गरेको छ ।
Share:

Saturday, February 13, 2016

बूढीगण्डकी आयोजना : जग्गा पहिचानको काम सकिँदै



राष्ट्रिय गौरवका आयोजनाको रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई आवश्यक पर्ने जग्गाको पहिचान गर्ने कामलाई तीव्र पारिएको छ । 
चालु आवभित्रै आयोजनाको निर्माण सुरु गर्ने लक्ष्यका साथ पहिलो चरणमा जग्गाको पहिचान गर्ने कामलाई युद्धस्तरमा अगाडि बढाइएको हो । 

Share:

Thursday, February 11, 2016