Thursday, December 31, 2015

फेसबुके मायाँ

थाहा छैन मेरो भाग्यमा के छ । तर जरुर मेरो ईच्छा बिपरित छ । राम्रो गरें भनेर मख्ख परेको दिन, मेरो आँखामा आँशु टिल्पिलाएकै हुन्छ । किनकि त्यो कामको नतिजा मेरो सोचाई बिपरित नै हुन्छ । यसका लागि अन्त दोष दिने ठाउँ पनि त भेट्दिन सिवाय भाग्य । 

आज मन निकै चङ्गा थियो, पेटको दर्दलाई भुलेर रमाउने कोशिश गरिरहेको थिएँ । अचानक फेशबुकको म्यासेजमा मेरो मुटुलाई नराम्रो शब्द लेखेको देखें । केहि समय झगडा समेत भयो मेरो मिल्ने साथी भनौदो संग, पछि सहमतीमा आईयो अब देखि नभन्ने भनेर । त्यो म्यासेज देखाउन मन लागेन मेरो मुटुलाई र हतार हतार मेटाईदिएँ । मलाई दिएको पिडा मेरो मुटुलाई नहोस् ।
मुटुलाई मायाँ गरें, झनै मुटुमै अर्को तिर पस्यो शंकाको । मेरो मायाँमा शंका बाढाईदियो । शंकाले लंका जलाउँछ भन्थे, मेरो त सर्वस्व जलाउँदै थियो । यहि शंका च्याट बाट नबुझिएला भनेर कार्यलयको फोनबाट मुटुसंग बोल्दै थिएँ । अर्की एक गाउँकी युवतीले च्याटमा बोलाईन् । गाउँघरको खबर सोध्दा पो थाहा भयो त्यो मैले चिनेको युवती नभई उस्को श्रीमान भनौदो थियो । जो मेरो अतितमा मधुरो छाया बन्न सफल थियो ।  तर अहिले त्यो छायाँ पूर्ण रुपमा मेटिईसक्यो, कतै हल्का दाग समेत छैन । फोनमा गफ गर्दै गर्दा यो कुरा पनि भन्न छुटाईन ताकी अरु बढी शंका नउम्रियोस् ।

कुरा गर्दै जाँदा, कति सजिलै भन्दै थियो, श्रीमती गाउँ नेट नटिप्ने ठाउँ गएकी छे, म्यासेज हेर्न सक्दिन त्यहि भएर तिमिसंग बिहे गर्छु .............साँच्चै कति खेलौना मान्छन् पुरुषहरु नारीलाई, धिक्कार छ ।
म अतित भुलेर बर्तमानमा रमाउन चाहंदै थिएँ, अतित मेरो पिछा गरेझै गरिरहेथ्यो, ठिक त्यसै समय, बर्तमान मेरो चरित्रमा औंला उठाउँदै थियो । हो यस्तै, मेरो मुटु अझ भनौ अर्को एउटा मेरो पुरुष मेरो चरित्रमा औला उठाउँदै थियो । म आफुलाई सफाई दिनमा ब्यस्त बनाउँदै थिएँ, आँखाबाट ओराली लागेका आशुहरु मेरो लेखाईमा बाधा पु¥याउँदैथे, सहकर्मीहरु म रोएको भन्दै फकाउने बाहानामा तमासा बनाउँदै थिए । म रुघा लागेको बाहाना बनाउन असफल हुँदै थिएँ । त्यसै समय याद आयो । साँच्चै, फुकबुकले ५० प्रतिशत घरबार जोड्दो रहेछ, ८० प्रतिशत घरबारे जिवनमा उथलपुथल ल्याउँदो रहेछ र ९० प्रतिशको सम्बन्धनै तोडिदिदों रहेछ । मेरो फेसबुकले घरबार त जोड्यो, मायाँ के हो सिकायो, अहिले दरार पैदा गर्दैछ । अब त्यही अगाडीको कालो छायाँले डराईदिदैछ । डर लाग्छ, कतै मेरा क्लासिम मायाँमा फेसबुकको त नजर लाग्दैछैन ? जुन दिन मेरो मुटुले मेरो शरिर छाड्छ, त्यो दिन त म अवस्य यो संसारमा हुन्न तर पनि डर लाग्छ, मेरो मुटु अन्त लर्खराएर हिड्को दुखी आत्माले देख्न नपरोस् । बस् फेसबुकलाई मेरो यहि आग्रह छ ।

Share:

1 comment: