Wednesday, November 4, 2015

Death Note

Death Note ??? 
के हो यो 

वहिघात कुरा !
कस्लाई प्रभावित पार्न ?
तिमी जीउँदैमा प्रभावित छैने ऊ 
मरे पछि खै के होली ?!


एउटा चिसो लास सँग ! 
आफुलाई प्रेमी भन्छौ रे  
त्यो पनि अव्वल दर्जाको 
यति त बुझ्नै पर्थ्यो तिमीले 
प्रेमको प्रभावले बिष पनि प्रेममय हुन्छ भनेर
तर, 
तिम्ले त आफैले आफैलाई रेट्दैछौ रे
प्रेमलाई अचानो बनाएर
सुनेको थिए उस्लाई खुशी दिन चाहन्थ्यौ रे 
अंगालो भरी भरी माया दिन चाहन्थ्यौ रे
जीवन भरिको साथ दिने चाहन्थ्यौ रे
प्रेममा, लिने ले लियो कि लिएन ठुलो कुरा हुदैन
 तर,
दिने ले दियो कि दिएन ??? 
प्रेमले अवसर खोज्दैन 
दिनलाई मात्र दिईरहन्छ दिएका नै के थियौ र तिमीले ?
मात्र त्यही फेसबुकको इनबक्समा 
कबडी खेलेका हैलो हाई हरू
सधैं एकनासे एकलौटी कुराहरू ! 
छि: वाक वाक लाग्ने बासी कुराहरू ! 
अचेल यिनै कुरालाई  
हथियार बनाई उस्को मनको साम्राज्यमा 
आक्रमण गर्दै छौ रे
तिमी जबर्दस्ती सिमा पारी जान खोज्दैछौ रे 
तिमी अतिवादी बन्दैछौ रे
हिंसा नै भए पनि पुरुषले मार्छु भन्छ 
तिमी आफै मर्छु भन्दैछौ रे 
अचेल तिमी कायर बन्दैछौ रे 
माओवादीले सिन्चित
यो भूमिमा पाईला पाईलामा मृत्यु भेटीन्छ
तिम्रो यो कायरतापूर्ण 
मृत्युले न देशलाई फरक पर्छ न उस्लाई फरक पर्छ 
अनि, 
फरक पर्छ त केवल तिम्री बिरामी आमालाई
तिम्रो कायरताको तमासा हेर्ने हुन 
औपचारिक आँसू खसाएर तप्प !!! 
अझै बेला छ जीवनको आश छ घाँटी छिनिसकेको छैन
पल को फरक छ 
जीवन र मृत्युमा समयको महिमा कसरी गरूँ म !
हरेक घाऊको ओखती हुन्छ समय सँगै, 
तिम्रो पनि भरिने छ बाँचेर हेर 
जीवन बाँच्नलाई हो 
मनाए झन राम्रो ठुलो उत्सव पनि हो 
चेको जीवन सृजनामा लगाऊ 
जो तिम्रो हैन त्यसमा आँसु नबगाऊ

by pushpa palans
Share:

3 comments:

  1. हाहा ! पढेर रमाइलो लाग्यो… तपाईमा धेरै प्रतिभा अनि सिर्जना छ दि !

    ReplyDelete
  2. so nice butt some word i cant understand

    ReplyDelete