Tuesday, October 27, 2015

बरपिपल भन्दा भाग्यमानि रहेछु

 
आफ्नै प्रतिविम्ब देख्छु
तेरो नयन भित्र
खै के खै के , मलाई बसाऊने
त्यो तेरो नयन भित्र
आफ्नै जीवन देख्छु
तेरो मन भित्र
खै के खै के , मलाई हुर्काऊने
त्यो तेरो मन भित्र
कस्तो कलिलो मन
आह
कति मलिलो मन
हुर्किए भित्र
झ्याँङ्गिदैछु
देऊरालीको बर-पिपल झैं..... 
अब संभार तैले नै गर्नुपर्छ
यस्को छाहरीमा
तँ नै बस्नुपर्छ
हो स्वार्थी भएछु
देऊरालीको बर-पिपल भन्दा
ति सार्वजनिक











मात्र तेरो भएछु
मेरो छाहरीमा
अरू आई बसेको
पटक्कै मन पर्दैन मलाई
तैले बसे
आफै शितल पाँऊदछु
कस्ले भन्छ ?
बर-पिपललाई
घाम झरी लाग्दैन भनि
सहनु भन्दा अर्को
बिकल्प छैन
सुनाऊने छन सुन्ने छैन
तँलाई
मनको कुरा खोल्दछु
फगत
मुख मात्रै मेरो हो
तेरै मनको कुरा बोल्दछु
एक दिन
बर-पिपलले गुनाँसो पोख्यो
पवन सँग।
मैले संयोगवस सुने ..........
सयौं आऊछन सयौं जान्छन रे
नित्य साथ दिने कोही छैन
सयौंले सुनाऊछन रे
तर उस्को सुन्ने
कोही छैन
हेर भाग्यको भाग !
नियतिको खेल !
युगौं पहिला












जब मदमस्त
आफ्नो यौवनमा थियो
एक दिन आकस्मिक
एउटा घटना घटेछ
उस्को छाहरीमा निदाँएकी
एउटी मदमस्त यौवनालाई
आफ्नो सम्पूर्ण शितलता
दिने वाचा गरेछ..... 
रविको प्रचन्ड तेज
यौवनामा नपरोस भनि
आफ्ना शाखा- प्रशाखा बढाएछ
सुकेर खस्ने पातले
यौवनाको निन्द्रा बिगार्ला भनि
आफुलाई सधैं हराभरा राखेछ
अनि
हेर्दो रहिछ यौवनाको
मुहारलाई माथीबाट
आह ! जुन जस्तै ऊज्यालो !
धितै नमर्ने...... 
हेर्दा हेर्दै वर्षौ बितेछ
एक दिन अचानक
जब निंद खुल्यो यौवनाको
हतारिदै गैछन त्यहाँबाट
घाम झरीको प्रबाह नगरी
उनी अलग भैछन त्यहाँबाट
बर -पिपललाई
उनी सँगै जान मन लागेछ
प्रकृतिले उस्लाई जान दिएन
उस्को त्यो शितलतालाई
यौवनाको लागी लान दिएन
फगत
मूक दर्शक बनि हेरिरहेछ
अदृश्य नहुन्जेल यौवनालाई
यौवना गएको गोरेटो तिर
बर-पिपल रूदै थियो
पवन सँग।
भन्दैथ्यो
! पवन भाई !
सुगन्धै भए पनि
ल्याईदेऊ मलाई
काँही कतै बाट
खोजेर उनको
मरी सक्थे
यो आश भन्ने कुरा
झिनो भए पनि बलवान हुदोरैछ
ऊनी सँगै जान सकिन
ऊनैलाई पर्खिरहेको छु
कुनै दिन आऊली
फर्किएर यो बाटो
त्यो एक पल भए पनि
उस्लाई शितल दिन
बाँची रहेको छु
झ्याँङ्गिरहेको छु
सुनि कुरा बर-पिपलको
पवन को पनि आँसू आयो
प्रेमको सम्मानमा
आकाश पनि रसायो
पवन भन्न थाल्यो
!बर-पिपल दाई !
नित्य निरन्तर
खोजी रहनेछु उनलाई
पलपलको खबर बोकी
तिमी कहाँ आऊछु
के गर्दैछन ऊनी काहाँ
सबै सुनाऊछु
भन्दै पवन सररर
गयो चार दिशा......
धेरै दुखी भए
यो संबाद सुनेर
तर मुसुक्क मुस्कुराए
आफु भाग्यमानि रहेछु भनेर।
तँ भित्रै हुर्किए
तँ भित्रै झ्याँङ्गिए
तँ जहाँ छेस
त्यही छु
तँ मेरो शितलमा छेस
तेरो शितलमा छु
मेरा शाखाहरूमा
तँ मातिएर खेल
तँलाई खेल्दा रमाईलो लाग्छ
मलाई तँ मातिदा रमाईलो लाग्छ
तेरो घना केशराशी झैं
मेरा घना पातहरूको छिद्रबाट
तँ मा पोखिएको रविको किरणले
तँलाई अतुलनिय बनाएको
तँ संसारकै सबै भन्दा
सुन्दर यौवना भएकी छेस
मात्र तेरो हुँ
तँ मेरी भएकी छेस
तँ जहाँ छेस
त्यही छु
जहाँ छु
तँ त्यही छेस

# बि. पि. सुबेदी
Share:

0 Comments:

Post a Comment