Wednesday, October 28, 2015

तन्नेरीका कुरा

आफुलाई त ढुक्कै छ
आफ्नो त विवाह भा छैन
गरौला नि आँऊदो साल
बल्ल त बीस पुगियो
उमेर पनि त गा छैन अठारमै खुब सुँघियो
आफ्नै मित्रलाई ठुँगियो 
एउटी फतौरीको रूपरंगले गर्दा
मोरी त पैतिसकी पो रहिछन

च्यातियो पर्दा खिन्न भो मन
के गर्नु हात हालेको कर्म
फत्ते गर्नु मै ठाने धर्म
गुनासो पोखे धोका भो भनि
के गरून बरा उनले पनि
गाला सोह्रको बनायौ किन ?
पैतिस कि मोरी तिमीले
देख्नु पर्ने थिएन यो दिन
पैतिस मै रहन दिएको भए जवाफमा ऊनी भन्दछिन
कोई छैनन चोखा देशमा
झनै प्याऊली बन्दछिन के गल्ती भो त यसमा
सिमापारी पुग्छन प्रेम गरी गरी
केटाहरू नै ठीक छैनन कोई प्रेम खुब गर्छन बन्दैनन पोई
कुमारी मै आमा हुन लाग्दैन बेर
अन्धो बैंशको भूमरीमा परि
रित यहाँको यस्तै छ हेर


तिमी सँग मिल्नु अगावै

 बैसको बेगले अन्धी भै
 म आमा भैसक्थे उहिले नै 
 भाग्यले मलाई बचायो
कालो कालो त्यो रातमा
 पानी आई गल्ती सच्यायो 

 सुनी कुरा उनको परे म दंग 
बैसको क्या छ गजबको रंग 
 भालेलाई दोष के खान लाउनु ? 
पोथीले पुराए भै गो नि ढंग
Share:

1 comment:

  1. के हो यो ? पढ्न नि झ्याउ लाग्यो ...

    ReplyDelete