Saturday, July 11, 2015

मेरो जीवनकोे लक्ष्य


भनिन्छ, धार बिनाको तरबार र लक्ष्य बिनाको मानिस निरर्थक हुन्छ । मानिसको लक्ष्य एउटै नभए पनि सबैले केहि न केहि बन्ने लक्ष्य अवश्य लिएका हुन्छन् । मानिसले यहि नै बन्छु र यहि नै गर्छु भन्ने लक्ष्य राख्ने बित्तिकै पुरा भईहाल्छ भन्ने पनि होईन । त। पनि मानिसले भविष्यमा केहि गर्नका लागि लक्षित योजना तय गरेका हुन्छन् । कसैले स्थुल लक्ष्य लिएका हुन्छन् भने कसैले सुक्ष्म ।
लक्ष्य लिएर मात्र नि हुदैन, पुरा गर्न कर्म पनि आवश्यक छ । कर्मशिल  लनभई लिएको लक्ष्य निरर्थक पनि बन्न सक्छ । लक्ष्य एउटा गोरेटो हो, जसलाई गन्तव्यमा पु¥याउने काम त्यसमा हिड्ने यात्री स्वयमले नै गनुपर्ने हुन्छ ।
हाम्रो देश एक बिकाशोन्मुख देश हो । प्राकृतिक रुपमा धनि भए पनि सधैको लडाईं झगडाले देश बिकास हुन सकेको छैन । देशमा भ्रष्टाचार, लुटपाट, राजनितीक अस्थिरता बढ्दो क्रममा छ । देशलाई सहि नेतृत्वको आवश्यकता परेको यस परिपेच्छेमा म एउटा कुशल पत्रकार बनेर सेवा गर्न चाहन्छु । एक नस्पक्ष पत्रकार बनेर यस देशबाट भ्रष्टाचार, अन्याय र अत्याचार बिरुद्ध धावा बोल्दै सत्यको पक्षमा वकालत गर्नेछु ।
भाग्यमा भन्दा कर्ममा बिश्वास गर्ने म, कर्म गरेपछि फल अवस्य मिल्नेछ भन्नेमा ढुक्क छु ।तसर्थ म अनुशासित, लगनशिल र एबम् धैर्यशिल हुदैं संघर्षको मैदानमा उत्रिनेछु । जब मैले आफ्नो लक्ष्य प्राप्त गर्नेछु त्यसबखत यो देशबाट छल कपट र भ्रमको पूर्ण रुपमा अन्त्य हुनेछ । त्यसैले त मैले मानिसका बिभिन्न लक्ष्यहरु मध्ये कुशल पत्रकार बन्ने लक्ष्य राखेकी हुँ ।
भनिन्छ, एकमने डिंगो र दोमने मान्छे काम लाग्दैन त्यसैले एकाग्र भएर म पत्रकार बन्ने निश्चित लक्ष्यमा पाईला चाल्दैछु ।
हिडेको यात्री गन्तब्यमा पुग्न सफल भएजस्तै म पनि आफ्नो लक्ष्यमा एक दिन अवश्य पुग्नेछु । एउटा सुन्दर शान्त नेपाल बनाउन एउटा ईटा मेरो तर्फबाट पनि थपिनेछ ।
धन्यवाद !
Share:

0 Comments:

Post a Comment