Wednesday, January 28, 2015

बुढेसकालमा

काँपिरहेका हात, ल्यापटपका कीबोर्डहरुमा दौडिरहेको
अनि
घरी घरी,पावरदार चस्मा नाकको टुप्पोबाट माथितीर सार्दै
केहि लेखिरहेको मस्त दृष्य
...................................................................................................
Share:

Sunday, January 25, 2015

मेरो पहिलो प्रेम प्रस्ताव !

+२ सकियो !
सोचेँ, कामबिना यो महङ्गीको खोपिल्टोमा बस्नुको औचित्य छैन ! त्यसैले गाउँको झझल्को आँखामा सजाउदै झोला बोकेर लागेँ माछापोखरी-धादिङबसपार्क, गाउँ जान।

कलंकी हुँदै मलेखु अनि धादिङ्बेशी ~ दिउँसो एक बजे, बस रोकियो करिव ३घण्टाको लगातार दौडाइपछी… खानपिन सकेपछी कच्चिसडकको धुलोसँग लुकामारी खेल्दै अर्को ३घण्टापछी घर पुगेँ । धुलाम्मे शरिरको सफाइ अनि बुबाममी सँगको भलाकुसारी सकिनु पैले दिन सकियो, थकित ज्यान ओछ्यानमाथी पल्टियो…

बिहान सँगै साथिभाई जम्मा भए, सबै सन्चै भएको हालखबर बुझियो। त्यसपछी फेरि कलेज नजोडिएसम्म हल्लिने जीवन सुरु भो…

गैरिखेतको बिचमा घर अनि रिटाएर हवल्दार ! यिनै आधारमा "गैरिहल्दार"को नामले बुबा परिचित हुनुहुन्थ्यो…

आफैले आफैलाई चिनाउने कुनै बहादुरी काम गर्या छैन तरपनी साथिहरुले 'आश्विन', गाउँमा 'गैरीहल्दार्को कान्छो छोरो', बुढापाकाले 'लाहुरेको नाति' अनि मामाघराँ 'साहिंली/जिरा को छोरा' भनेर चिन्थे ।

"ठक्कर, दु:ख !" यी त सब चराको नाम जस्तो लाग्थ्यो, त्यसैले होला आजसम्म यो थाप्लोमा नाम्लो परेको छैन, "जन्मेर यत्रो लाठे भैसक्यो अहिलेसम्म ढलेको सिन्को उठाउदैन यल्ले" ममिले बारम्बार भन्नुहुने डाइलग हो यो… "भयो नकरा,सानै छ पछि गरिहाल्छ नि काम" अनि यो बुबाको माया।

Share:

Friday, January 23, 2015

साँच्चै, आफ्नै मान्छे भैदिएको भए..


साँच्चै, आफ्नै मान्छे भैदिएको भए.........................
 
पुसको महिना घाम ताप्दै बस्नुको मज्जा बेग्लै हुन्छ । काठमाडौं अध्यानको लागी घरबाट पठाएता पनि  पढ्न मन लागिरहेको थिएन । हातमा किताब लिएर घामको मज्जा लुट्दै गर्दा अनायस एउटा घटनामा गएर अड्किन पुगें ।

दशैं सकिएको भोलीपल्ट थियो त्यो । काठमाडौं जाने बसमा यात्रु धेरै भएकाले बस्ने सिट थिएन तर पनि मैले अघिल्लो दिन नै टिकट काटेकाले बसेर जानेमा ढुक्क थिएँ । साईत परोस् भनेर निदारमा आमाले लगाईदिएको रातो टिका अनि मुखमा गुलियो स्वाद भएपनि मनलाई अमिलो बनाउँदै गाडिमा चढे्र ।

मेरो टिकटको सिटमा त्यस्तै १६ बर्ष जतिकी एउटी सुन्दरी बसेकी थिईन् । सिट छाड्नुस् भन्दा उनि अनायासै झगडा गर्न अगाडी बढिन् यो देखेर म पनि झोक्कीएं किनकी त्यस सिटमा बस्न पाउने अधिकार प्राप्त टिकट मेरो हातमा थियो ।
Share:

Tuesday, January 6, 2015

हो, म साइको भए…

दिन उज्यालोतर्फ लम्कियो।
चराको चिरबिर सुनिन आज मैले, खै किन हो दिनले पनि बिहानै बोलाएन आज। दिदिले चिया ल्याइदिनु भएछ… ज्यान तन्काउदै हाइ काटेँ अनि उठेँ, बाताबरण देख्दै रिस उठ्यो, जे जे देखेँ सबै नौटंकी मात्र। बेहोसी पारामै हातमा चिया लिएर एकछिन टोलाए… "किन यस्तो परिस्थिति आज ?" सोच्न/सम्झन खोजेँ, अहँ सकिन। त्यसैले लाग्यो "हिजोसम्म साधारण थिए, हो आज रातारात एक्कासी साइको(पागल) भएछु" ।

चिया पिए, ओछ्यान पट्याउन होसै आएन, लथालिङ्ग छोडेर बाथरुमतर्फ अघि बढेँ, बाथरुम्को 'स्विच अन' गरेँ, बत्ती बलेन। अलिअलि अध्यारो नै थियो तरपनी भित्र छिरेँ। अनि ऐनामा आँखा डुलाए, मेरो जिवनभरका लागि आत्मिय साथी सायद यहि ऐना हो त्यसैले त म रुदा उ कहिल्यै हाँसेन ।


तर आज ऐना हिजोजस्तो थिएन, जुङ्ग्रुङ्ग कपाल, कालो अनुहार अनि कालै आँखा । हेर्दै डडेलोले भेटेको वृक्ष जस्तो~ उजाड, उदास अनि उराठलाग्दो ! खुम्चिएको निधार अनि तन्किएको गाला साथमा निरास आँखा। आँखा अझै ओसिलै थिए, यो अवस्थाले सिधै बताइरहेको थियो… हो म रातभर रोएको थिए !

लामो स्वास लिदै कुरुप अनुहार मस्काउन धारो खोले, समस्या र प्रोबलम एकैचोटी आयो तर पानी आएन। बाल्टिको पानीले काम त चलाएँ, तर टावल भेटिन। चिसै अनुहार लिएर
Share: