Sunday, September 7, 2014

नेप्टिको नाक

    महाबौद्धको काजिमानको मःम पसलमा पसेर एउटै टेवलमा बसेर म:म खाउन्जेल काम गर्ने र काम गर्न लगाउनेको हैसियत एउटै हो भन्छु म त । भलै त्यहाँबाट निस्केपछिको कुरा बेग्लै । त्यसैले पनि आफुले अध्ययन गरेको कलेजमा पढ्न आउनेहरुले कि मैले जस्तै घरको हलगोरु मासेर खर्च जुटाएर आए कि दिदिबहिनिको खुत्रुके फुटाएर आए होलान भन्ने लाग्यो । नत्र किन त मेरै डयांगमा सामिल तिनिहरु ? मैले जस्तै गुन्द्रुक र ढिँडोमा गुजारा चलाउनेको यत्रो जमातमा मलाइ साह्रै रमाइलो लागिरहेको थियो । मेरो निधारको जस्तै अरुको निधारमा पनि घाउको खत देख्दा लाग्थ्यो बजियाले पनि बाटुलिलाई जिस्क्याउन भ्याएछ र भेटेछ ढुंगाको घुँयेत्रो । धेरै मध्ये एक थिइन सोनि । एकै नजरमा सबैको मन हर्ने हैसियतको रुपरंग भएकि । म पनि त कम्ताको हेण्डसम होइन त्यहि अलिकति रुपरंग र जीउडाल नमिलेको मात्रै हो । मनमनै सोच्थेँ यस्ति परिलाइ कुनै उपमा दिउँ तर के ? मनमा सुझिरहेको थिएन । धेरै सोचबिचार पछि यस्तो शब्द सुझमा आयो । नेप्टि । उर्बशि, तिलोत्तमा, परि, सुन्दरि अरु साथिहरुले त के के डिस्नेरिमा भए जति सबै उपमा भन्न भ्याए । बहाना थियो हाँसखेलको थियो । दिनकटाउने मेलोको थियो । नजिक हुनेको मेसोको थियो । आतिमयता बढाउनेको चाँजोको थियो । साँच्चै त्यो शिवाय अरु केहि थिएन । तर म बिचार गर्थे बेला मौकामा अरुले सम्बोधन गर्दा उनको अनुहार जति बल्थ्यो मैले नेप्टि भनेर सम्बोधन गर्दा झयाप्पै निभ्थ्यो ।
Share: