Thursday, June 19, 2014

कथा : शंका


एकान्त भंग गर्दै बोली प्रभा
                 दिज्यु के भो हजुरलाई ।
                 हडबडाउँदै बोलेँ केहि हैन ।
            पत्याईन क्यार निधार छामी, चिटचिट पसिना छुटिरहेको थियो । ओहो ! ज्वरो आएछ, एक्लै बोली ऊ । सोध्दै नसोधी डाक्टर बोलाई । प्रभात, मेरो क्लासमेट फ्रेन्ड । डाक्टर भएको छ अहिले । बोल्यो - कति भनौ तिमीलाई सानो कुरामा धेरै दिमाग नचलाऊ भनेर । चुप बसेँ, ऊ अरु पनि केहि बोल्दै थियो । प्रभातको बोली पालना गर्दै प्रभाले आदेश दिई दिज्यु रेस्ट गरिस्यो, धेरै दिमाग नचलाईस्यो नि ।

जति निदाउन खोज्दा पनि निद आएकै हैन झन् धेरै सरुको कुराको याद आईरहेछ । मनसपटलमा बिहानको घटना खेल्न थाल्यो । सरु मेरी बालसखा, पढ्न त्यति चलाख त हैन तर पनि चलाखमै गनिन्थी । अहिले महिलाको हकहितको लागी काम गर्ने एनजीओ मा जब गर्छे । बडो नेता टाईपकी छे यो केटी । पुरुषको जतिकै अधिकार पाउनुपर्ने उस्को माग नै छ । अनि अर्को सिदान्त हाँसेर बाँच्ने । तर करिब एक बर्षपछिको भेटमा सरुलाई एकदमै फरक पाएँ । सोधेँ के भो तँलाई किन निरास ? सँधै हाँसेर बाँच्नुपर्ने लेक्चर दिदैँ हिड्थीस् त ! धेरै समयको मौनता चिर्दै सरुले मुख खोली,
समर लाई चिन्छस् ?
छैनको मुन्टो हल्लाएँ ।

उसैले कुरा सुरु गरी - हेर् न हामी सँगै पढेको रे मलाई भने याद भएन, सरकारी जागीरे, अहिले बसाईँ सरेर तराई झरेको रहेछ । के भो त की लभ सभको चक्करमा फसिस् बीचैमा कुरा काटेर बोलेँ म ।

लामो स्वास सँगै ऊ बोली -
के भन्नु यार तँलाई, जिन्दगीले जे नसोचेको त्यहि गराउँदो रहेछ । फेसबुकमा समर सँग भेट भयो, गफ गर्दै जाँदा हामी नजिक भयौँ, पछि भेटघाट पनि बाक्लै हुन थाल्यो । मान्छेलाउ आकर्षण गर्न सिपालु रहेछ ऊ पत्तै नपाई म पनि फसिहालेँ ।
Share: