Wednesday, December 23, 2020

तेस्का बाजे, के भैरा’छ हँ यो संसाराँ ?


लघुकथा

-पुष्पा थपलिया

बलिष्ठ हातले टाउको सल्वलायो, नाकमा मिठो स्याम्फुको बास्ना पनि ठोकियो । कानमा फुस्फुसाएको आवाज आयो, उठ्ने बेला भएन !

आँखा खोल्दा झुस्स दाह्री पालेका बुढाको निर्दोष आँखाले हेरिरहेको रहेछ । भर्खरै नुहाएका, फ्रेस थिए उनि । झ्याप्पै समातेर चुम्न मन लाग्यो, उनैले रोके, ‘छि तिमी पनि, ब्रस गर्नुपर्दैन ।’

आफूलाई संयममा राखें । उनि भान्सातिर छिरे, कफीको बास्नाले नाकै ठोस्न आइपुग्यो । 

ओछ्यानमा कफीको चुस्की लिदैं एकछिन सामाजिक सञ्जाल चिहाएँ । सुरुमै आँखा ठोकियो, हेण्डसम सिक्स प्याक देखाएको केटोमा । स्क्रोल गर्दै जाँदा त झनै वाह्, कोही केटाको अनुहार देख्दै चुप्पा खाउँ जस्तो क्युट । केहि भने हेर्दैमा पुरुषोत्व झल्काउने खालका । सबैलाई लभ रियाक्ट गरें, कुनैलाई कमेन्ट पनि ठोकें, हाय गर्मी !

बुढोले कानै फुट्ने गरी चिच्याए, आज छिटो अफिस जाने भनेको हैन, खै त तयार भएको । उनको गनगन अझै थपियो, छिटो तयार भैहाल, अहिले ढिलो भो भनेर ठुस्किन मिल्दैन । मैलेपनि जिस्कने सुरमा भनें, के गर्नु त हजुर, हजुरलाई छाडेर काममा जानै मन लाग्दैन । 

टुङ्ङ्ग म्यासेज आयो, अफिसको सहकर्मीको रै’छ । लेखिएको थियो, ओइ कता छस्, इन्टर्नका लागि बोलाइएका केटाहरु आइसके, छिटो आइज ।

ओत्तत्तेरिका ! कस्तो भुसुक्कै बिर्सेको । अफिसमा काम गर्ने सबै केटीमात्रै भए, कामको माहोल उत्साहजनक भएन भनेर सुन्दर केटाहरुलाई काममा राख्ने निर्णय भएको थियो, आज तिनैको अन्तवार्ता लिनुथियो । 

हतारिँदै निस्कँदै थिएँ, ढोकामा नराम्रोसँग बजारिएँ । त्यहि बेलामा भान्साबाट सिट्टीको आवाजसँगै अर्कौ आवाज पनि आयो, ‘हाम्रा पालामा जस्तो सासुले भुत्ल्याएर तह लगाउने जमना भएको भए पो, अचेल त उल्टै सासुलाई नै भुत्ल्याउँछन् । अब त अति भयो हो बुहारी छिटो उठ ।’


Teska Baje, K Bhairako Chha Yeha by pushpa thapaliya | Free Listening on SoundCloud



Share:

Wednesday, June 10, 2020

हरेक मौसम बसन्त ऋतु बनिरहोस्...

- भगवती गैरे

Writer
म जव १३ बर्षकी थिएँ, मेरा मातापिताले उनीहरुभन्दा धेरै टाढा पठाए । फेरी सोच्नुहोला, पढाइका लागि होस्टेलमा बस्न या, ममिबाबा काममा जान परेकाले केहि दिनका लागि आफन्तकोमा पठाए भनेर ।

सुरुमा त मलाई पनि त्यस्तै लागेको थियो । सोचेको थिएँ, दुई चार दिनका लागि मात्रै हो मातापिता छाडेको, मस्त घुमघाम गर्ने हो, अनि फेरी आफू जन्मेकै घर फर्कने हो ।

त्यसैले घर छाड्ने बेलामा पनि खुशी हुँदै निस्किएको थिएँ, धेरै पछि मात्रै थाहा भयो, म त निकै लामो दुरीसम्म पो पुगिसकेको रहेछु ।

अब त बुझ्नुभयो होला नि है ! मेरो बिहे भयो १३ बर्षकै उमेरमा भनेर । यदि अहिलेको जस्तो जमाना हुँदो हो त, हाम्रा मातापितालाई बाल बिबाहको आरोपमा मुद्दा लाग्थ्यो, तर त्यो समय आजको जस्तो कहाँ थियो र !

जिन्दगी पनि कस्तो कस्तो । बालखैमा सिउँदो रंगियो, अनि फेरी छिट्टै पखालियो पनि । हामीलाई आर्शिवाद दिदाँ, सदा सुहागन रहनु भनेर दिन्छन् । एक अर्थमा भन्ने हो भने त यो आर्शिवाद श्रीमान भन्दा आफू छिट्टो मर्न पाउँ भन्ने नै हो ।

तर के गर्नु, यो आर्शिवाद लामो समयसम्म टिकेन तर हिम्मत हारेको छैन । अहिले सिउँदो उजाडिएपनि अतित मेरो साथमा छ । जस्तोसुकै परिस्थिती आएपनि  झेल्न सक्ने साहस त्यहि अतितले नै दिएको हो मलाई । यो साहस कहिल्यै नडगमगाओस्, मेरा लागि अब यस्तै आर्शिवादको खाँचो छ ।

आशा अनि चाहना यहि छ कि, अहिलेको संसार मेरा लागि हरेक मौसममा बसन्त ऋतु नै बनिरहोस् ।


Share:

Sunday, March 22, 2020

Thursday, February 27, 2020

रुवाउने 'आमा'

दर्शकको नजरमा फिल्म
रुवाउने  'आमा'

गाउँमा भ¥याङबाट लडेर टाउको नराम्रोसँग बजारिन्छ, यज्ञप्रसाद अर्याल (देशभक्त खनाल) को । गम्भिर घाइते भएका यज्ञप्रसादलाई उनकी श्रीमती (मिथिला शर्मा) ले एम्बुलेन्समा राखेर शहरको सरकारी अस्पताल ल्याउँछिन् ।
Share:

Monday, March 12, 2018

Tuesday, February 27, 2018

Tuesday, February 20, 2018